इथियोपियाका लागि मल र बीउ सहयोग गर्न संयुक्त राष्ट्रसंघको आह्वान 

आइतबार, वैशाख २५, २०७९

आदिस अबाबा, २५ वैशाख । संयुक्त राष्ट्रसंघले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।  लामो समयदेखि इथियोपियाका कतिपय स्थानमा खडेरी परेको र द्वन्द्वका कारण यहाँ खेतीयोग्य जमिनमा पनि खेती हुन नसकेको अवस्थामा संयुक्त राष्ट्रसंघले सहयोगका लागि अपिल गरेको हो ।
इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वका कारण ग्रस्त रही आएको छ । सो क्षेत्रमा आगामी हप्तादेखि मनसुन सुरु हुन लागेकाले त्यस अगावै आवश्यक बीउ र मलको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो ।
त्यस क्षेत्रका खेतबारी लामो समयदेखि बाँझै रहेका छन् । जसका कारण यहाँका नागरिकलाई खाद्यान्नको खाँचो रहने गरेको छ ।
विशेष गरी यहाँको उत्तरी क्षेत्रका नागरिकलाई लामो समयदेखि मानवीय सहायताको खाँचो रहेको पाइएको छ । यहाँको द्वन्द्व समाधानका लागि भन्दै संयुक्त राष्ट्रसंघले लामो समयदेखि काम गर्दै आएको छ ।
द्वन्द्व पनि जारी रहेको छ भने उता खडेरीलगायतका समस्याले यहाँ खेती भएको छैन । सो क्षेत्रको सबैभन्दा बढी प्रभावित मानिएको टिगरे क्षेत्रका किसानलाई अझ बढी सहयोग चाहिएको बताइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार