नार्कले विकास गर्‍यो ७२३ जातका बीउ

शनिबार, वैशाख २४, २०७९

काठमाडौँ, २४ वैशाख ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८० बाली वस्तुका ७२३ जात विकास गरेको छ । नार्क स्थापना भएको ३१ औँ वार्षिकोत्वसवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको छ ।
सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो । स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका  बीउबाट खेती गरिँदै आएको थियो । नेपालमा उत्पादन बढाउन  किसानले धेरै जसो वर्णशङ्कर बीउको प्रयोग गर्छन् । त्यस्ता बीउ भारतलगायत अन्य मुलुकबाट आयात हुन्छ । यहाँ नयाँनयाँ जातका बीउको उन्मोचन भए पनि बीउको परनिर्भरता भने घटेको छैन । विसं २०६९ को भन्सार विभागको तथ्याङ्कमा झन्डै रु ५५ करोडको धानको बीउको आयात भएको उल्लेख छ ।
त्यसो त पछिल्लो पटक, नेपाल अन्नबालीमा मात्र नभई फलफूल तथा तरकारी बालीका बीउमा समेत परनिर्भर हुन थालेको छ । किसान बीउ रोज्न र खोज्न बीउ बिजन बिक्री गर्ने विभिन्न पसलमा पुग्छन् । विभिन्न थरीका बहुराष्ट्रिय कम्पनीले बिक्री वितरणमा ल्याएको नक्कली बीउका कारण सरकारले क्षतिपूर्ति व्यहोर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार