गायिका मिलन नेवारको  ‘हास तिमी’मा  सृजना र  सन्तोषको अभिनय 

बुधबार, वैशाख २१, २०७९

काठमाडौं, २१ वैशाख : गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा  विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ । 

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् । बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ । निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार