नेकका दुई टिम अन्तर्राष्ट्रिय प्रतियोगतिमा छनोट

शनिबार, वैशाख १७, २०७९
भक्तपुर, १६ वैशाख : नेपाल इन्जिनिरिङ कलेज (नेक) का दुईवटा टिमहरू अन्तर्राष्ट्रिय हल्ट प्रतियोगिताको लागि छनोट भएका छन्
प्रत्येक वर्ष अमेरिकामा सम्पन्न हुने हल्ट प्रतियोगिताको फाइनल तहसम्म पुग्न संसारभरिका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा हुने गर्दछ ।
फाइनलसम्म पुग्न प्रतिस्पर्धाका विभिन्न तहहरू जित्दै जानुपर्ने हुन्छ र प्रत्येक तहमा विद्यार्थीहरूले आआफ्नो सामाजिक उद्यमशीलताको विचारलाई देशका स्थापित पारखी उद्यमशिल व्यक्तिहरूको मूल्याङ्कनको कसिमा उत्तीर्ण गर्न सक्नु पर्दछ ।
यसै अन्तर्गत नेपाल इन्जिनिरिङ कलेजमा हालै सम्पन्न क्वार्टर फाइनल तहको हल्ट प्रतियोगितामा शिशी, ड्रक स्वाड र पिएस ३ नामक टिमहरू प्रथम, द्वितीय र त्रृतीय भएका थिए । प्रथम भएको टिम शिशी भारतको मुम्बई शहरमा हुने क्षेत्रीय प्रतियोगितामा र वाइल्ड कार्ड अन्तर्गत छानिएको टिम पिएस ३ पाकिस्तानको इस्लामाबादमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुने छन् । 
वर्ष २०२२ को हल्ट प्रतियोगिता अन्तर्गत क्षेत्रीय प्रतियोगितामा सहभागी हुने अवसर विश्वभरिका विश्वविद्यालयहरूबाट भाग लिएका टिमहरूमध्ये पाँच प्रतिशतलाई मात्र प्राप्त भएको छ ।
कोभिड–१९ को असरबाट विश्वको अर्थतन्त्र भताभुङ्ग भई धेरैले रोजगारी गुमाएकोमा अब कसरी विश्वलाई काममा फर्काउने भन्ने विषयमा केन्द्रित भई उत्कृष्ट अवधारणा श्रृजना गरी क्षेत्रीय प्रतियोगिता पार गर्न सक्ने टिमहरूलाई जुन २० देखि जुलाई ८ सम्म भर्च्युअल रूपमा र जुलाई २५ देखि अगस्त १२ सम्म अमेरिकाको बोष्टन शहरमा भौतिकरूपमा हुने ग्लोबल आक्सेलेरेटर नामक ६ हप्ते कार्यक्रममा सहभागी गराइने छ ।
उक्त कार्यक्रममा प्रत्येक टिमले देखाउने कुशलता मूल्याङ्कन गरी जम्मा ६ वटा टिमलाई न्यूयोर्क शहरमा हुने एक लाख अमेरिकी डलरको हल्ट प्राईज प्रतियोगिताको लागि छनौट गरिने छ । फाइनलमा विजयी टिमलाई अमेरिकाका पूर्व राष्ट्रपति बील क्लिन्टनले पुरस्कार प्रदान गर्ने छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार