फूलबारीमा फोरजी टावर 

आइतबार, वैशाख ११, २०७९

तुलसीपर, ११ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताए ।  यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताए । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार