यो हो मानवता

बुधबार, वैशाख ७, २०७९

ललितपुर महानगरपालिका कार्यालय अगाडिको पार्कमा तिर्खाएको कुकुरलाई पानी पिलाउँदै बौद्ध भिक्षु । नजिकैको चिया पसलमा मिनरल वाटर किनेका उनको हातमा पानी देखेपछि कुकुरले पच्छ्याएको थियो । कुकुरले पच्छ्याएपछि उनले बोतलको विर्काे खोलेर हातमा पानी राखेर कुकुरलाई पिलाउन थाले । यो दृश्य त्यहाँ चिया पिउन भेला भएका मानिसहरुले अभिरुचीपूर्वक हेरिरहे । शब्दपाटीले पनि यो दृश्यलाई क्यामेरामा कैद ग¥यो । कुराकानीका क्रममा थाहा भयो ती दुई बौद्ध भिक्षु भारतबाट दुई वर्ष अघि नेपाल आएका रहेछन् । तेन्जिङ लामा र छिनले लामा नाम बताउने उनीहरु बुधबार घुम्दै महानगरपालिकाले निर्माण गरेको पार्कमा रोपिएको विरुवाको शितल छाहारीमा बस्न आएका रहेछन् । दक्षिण भारतको नेन्दोलेन गुम्बाबाट नेपाल आएका उनीहरु गोदावरीमा रहेको जोछेन गुम्बामा बसिरहेको जानकारी दिए । उक्त गुम्बामा करिब एक सय बौद्ध भिक्षुहरु बस्ने गरेको उनीहरुले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार