बञ्जीमा रमाउँदै आन्तरिक पर्यटक 

मंगलबार, वैशाख ६, २०७९

कुश्माबजारमा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्पमा रमाउँदै आन्तरिक पर्यटक । द क्लिफ नाम दिएर नीजि क्षेत्रले सञ्चालनमा ल्याएको उक्त बञ्जिमा आन्तरिक मात्र नभई विदेशी पर्यटकहरु प्रशस्तै आउने गरेका छन् । नेपालीहरुको नयाँ वर्षका बेला भने बञ्जिजम्मका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति थियो ।  साहसिक खेल बञ्जि जम्पका लागि कुश्मा बजारदेखि बलेवा क्षेत्रमा पर्ने कालीगण्डकी नदीमाथि पुल निर्माण गरिएको छ । यो बञ्जीको उचाई २२८ मिटर रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार