जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

सोमबार, चैत २८, २०७८

काठमाडौँ चैत २८  ।  कथा इभेन्टको आयोजनमा हुन लागेको जुनियर  मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको  इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिए  । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत रङ्गमन्च प्रस्तुतिकरण, व्यक्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटो सेसन लगायतका क्रियाकलापहरु रहने छन् । 

जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल विजेताहरूले नगद  पच्चिस( पच्चिस हजार  र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपहरूले नगद पन्ध्र(पन्ध्र हजार र सेकेण्ड रनरअपहरूले नगद दस (दसहजार पाउने बुर्जा मगरले जानकारी दिए  ।

 अडिसनको  निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ र कथा इभेन्टकी प्रमुख गनिका गुरुङ्ग रहेकी छन्  । अडिसन काठमाडौको कागेश्वरी मनोहरा, मुलपानी स्थित  प्रारम्भ एकेडेमीमा   सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार