ललितपुर सहकारी संघको नेतृत्व छान्न मतदान सम्पन्न, मतगणना सुरु गर्ने तयारी

आइतबार, चैत २०, २०७८

ललितपुर, २० चैत । जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदान भर्खरै सकिएको छ । मतदान सकिए लगत्तै मतगणनाको प्रक्रिया अघि बढेको संघका पदाधिकारीले जानकारी दिएका छन् । ४ वर्षे कार्यकालका लागि २० सदस्यीय कार्यसमिति छनोट गर्ने यो निर्वाचनको परिणाम राति अबेर आउने निर्वाचन अधिकृत विजयराज घिमिरेले जानकारी दिएका छन् । संघमा आवद्ध ७८७ सहकारी संस्थाहरुका ४३२ मतदाता मतदानका लागि योग्ग थिए । आइतबारको निर्वाचनमा ४२१ जनाले मताधिकार प्रयोग गरेका थिए । निर्वाचनकै सन्दर्भमा वस्तुगत संघहरु मध्येबाट जिल्ला दुग्ध संघका पुरुषोत्तम बजगाई निर्वाचन निर्वाचित भएको उपध्याक्षका उम्मेदवार रामशरण बस्नेतले शब्दपाटीर्ला जानकारी दिए ।  संघका १८ सञ्चालक समिति, ३ जना  लेखा समिति र एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । निर्वाचन संयुक्त प्यानलबाट केदार गोर्खाली श्रेष्ठ अध्यक्ष तथा रामशरण बस्नेत उपाध्यक्ष उम्मेदवार तय गरी चुनावी प्रस्तिपर्धामा छ भने राजेन्द्र पौडेल अध्यक्ष तथा विभुषण शाक्य उपध्यक्ष रहने गरी अर्काे समूह पनि प्रतिस्पर्धामा होमिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार