सम्पदा संरक्षणका ललितपुर महानगरको अर्को प्रशंसनीय काम 

पायो जात्रा अक्षयकोषलाई २५ लाख 
सोमबार, चैत १४, २०७८

ललितपुर। ललितपुर महानगरले पायो जात्राको अक्षयकोषको लागि २५ लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठलाई चेक हस्तान्तरण गरे । पायो जात्रा (खड्ग जात्रा) दसैंको बेलामा पाटन दरबार क्षेत्रमा देखाइन्छ । यो जात्रा ललितपुरको प्रसिद्ध जात्रा हो । नगरप्रमुख महर्जनले आर्थिक अभावमा जात्रा रोकिनुपर्ने अवस्था नआओस् भनेर अक्षयकोषका लागि सहयोग गरेको बताए । उनले भने, ‘ बजेट पुस्तिकामा नै उल्लेख गरेर २५ लाख हस्तान्तरण ग¥यौं, यसलाई बढाउँछौं । ’ नगरप्रमुख महर्जनले अक्षयकोष भएपछि आर्थिक अभावकै कारण जात्रा रोकिनुपर्ने अवस्था नआउने बताए । २४ वर्षसम्म रोकिएको यो जात्रा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको थियो  । नगरप्रमुख महर्जनले भने, ‘ उद्योग वाणिज्य संघ, ललितपुर लगायत सम्पदाप्रेमीसँग सहकार्य गरेर हामीले यो जात्रालाई हामी जितेर आएपछि निरन्तर ग¥यौं । ’ नगरप्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । मठमन्दिर, देवालय, शिवालय मूर्त सम्पदा हुन् भने । जात्रा पर्व अमूर्त सम्पदा हुन् । व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले अक्षयकोषका लागि महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘ महानगरपालिकाले जात्राको निरन्तरताको लागि चासो र सहयोगप्रति धन्यवाद छ , अक्षयकोषलाई थप सहयोगको अपेक्षा गर्दछौं । ’ महानगरले कात्तिक नाचको अक्षयकोषका लागि  लागि १ करोड, रुद्रायणी नाचको अक्षयकोषको लागि ५० लाख र हरिसिद्धि नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण गरिसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार