सुनाकोठी-बुङमती जोड्ने पुल बन्दै

आइतबार, चैत १३, २०७८

ललितपुर, १३ चैत ।  ललितपुर महानगरपालिकाको वडा न २७ सुनाकोठी र वडा न २२ बुङमती जोड्ने पुल निर्माण हुने भएको छ । उक्त पुलको नगरप्रमुख चिरीबाबु मर्हजनले र उपप्रमुख गीता सत्यालले संयुत्तm रुपमा शिल्यान्यास गरे । करीब ७ करोड ३५ लाख अनुमानित लागतमा निर्माण हुने उक्त पुल २४ महिनामा निर्माण सम्पन्न हुनेछ । बहुवर्षिय योजना राखेको उक्त पुलको लम्बाई २८ मिटर रहेको छ  भने  चैडाई ११ मिटर हुनेछ । पुलको प्रविधिक पक्षबारे जानकारी दिँदै पूर्वाधार महाशाखाका प्रमुख रुद्र गौतमले यो पुलको निर्माणले ललितपुर महानगरवासी बीचको भावनात्मक सम्बन्धमा बलियो हुने बताए ।  नगरप्रमुख  चिरीबाबु मर्हजनले महानगरमा पुल निर्माणको यो पहिलो काम भएको जानकारी दिए । उनले भने, ‘पुल निर्माणका बारेमा अन्यत्रको जस्तो समाचार सून्न नपरोस  गुणस्तरीय काम होस ।’
उपप्रमुख गीता सत्यालले पुल निर्माणको काम आवश्यक भएको बताउदै यसको अनुगमन समुदाय बाटै हुनुपर्नेमा जोड दिइन् ।’  
वडा न २७ का वडा अध्यक्ष बाबुराज मर्हजनले यो पुल निर्माणले सुनाकोठीबाट बुङमती , खोकना थोरै समयमा पुग्न सकिने बताए । 
उनले भने, ‘यो पुल निर्माणले सुनाकोठी वासी र खोकनावासीको भावनात्मक सम्बन्धमा थप बलियो रमजभुत हुन्छ ।’  वडा न २२ का वडाअध्यक्ष अम्बिरराज शाक्यले पुल नहुँदा दुर्घटना धेरै भएको स्मरण गर्दै पुलले धार्मिक र संस्कृकि सम्बधमा स्थानीय बीचमा थप सम्बन्थ बलियो हुने जिकीर गरे ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार