नमूना अस्पतालसहितको जहाजको परीक्षण यात्रा सम्पन्न 

आइतबार, फागुन ९, २०७७

तियानजिन । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो ।  जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ । जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् । जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ ।–सिन्ह्वा 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार