कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित 

मंगलबार, माघ ४, २०७८

इलाम, ४ माघ । इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ । गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो । 

 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार