लमजुङका तीन  विद्यालय गण्डकी प्रदेश नाटक महोत्सवमा

सोमबार, माघ ३, २०७८

लमजुङ, ३ माघ  । पोखरा थिएटरमा हुन गइरहेको दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि लमजुङका विद्यार्थीहरूले नाटक मञ्चन गरेका छन् । १ माघमा बेसीसहर नगरपालिका-७ युनिभर्सल एकेडेमी, राइनस नगरपालिका-६ धमिलीकुवाको शैलापुत्री नमुना माध्यमीक विद्यालय र सुन्दरबजार नगरपालिका-४ खहरे लमजुङको विद्या ज्योति माविका विद्यार्थीहरूले नाटक मञ्चन गरेका हुन् ।

पहिलो चरणको छनाेट प्रक्रियामा गण्डकी प्रदेशभित्रका एघार जिल्लाबाट सोह्र स्कुल सहभागी थिए भने दोस्रो चरणको छनाेटबाट महोत्सवमा मञ्चनका लागि जम्मा दशवटा विद्यालय छानिने नाटक महोत्सवका निर्देशक परिवर्तनले बताए । जसअन्तर्गत लमजुङ जिल्लाका तीन विद्यालय दोस्रो चरणमा छनोट भई निर्णायकहरूको उपस्थितिमा नाटक मञ्चन गरेका हुन् । नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, सदस्य प्रमिला तुलाचन, महोत्सवका निर्देशक परिवर्तन र रंगकर्मी अञ्जु दाहालले नाटकको अवलोकन गरेका थिए ।

बेसीसहर नगरपालिकाको युनिभर्सल एकेडेमीबाट नाटक ‘धनबहादुर’, राइनासको धमिलिकुवामा रहेको शैलपुत्री नमुना माध्यामीक विद्यालयबाट नारीको सम्मान मानवताको पहिचान र सुन्दरबजार नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालयबाट जिउँदा लासहरू नाटक मञ्चन गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार