प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

आइतबार, माघ २, २०७८

काठमाडौं, २ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।  यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन् । सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो । प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थितिक र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागिसकेको छैन । 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार