मनाइँदै सातौँ योग दिवस

शनिबार, माघ १, २०७८

काठमाडौँ, १ माघ । सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रबार यहाँ पत्रकारसम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ । 
विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यसवर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ को उपस्थितिमा सातप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए । उनले दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताए । विभागका निमित्त महानिर्देशक डा यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए ।    
पत्रकारसम्मेलनमा विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शारीरिक चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए । उनले योगले मानिसको शारीरिक र मानसिकरूपमा स्वस्थ्य राख्ने सहयोग गर्ने बताए । 
“जीवनशैलीमा आएको परिवर्तनले योग अनिवार्य भइसकेको छ”, उनले भने, “अहिले परिवार, समाज सबैमा योगको महत्व बढेर गएको छ । शरिर र मनलाई सन्तुलिन राख्ने काम योगले गरेको छ ।” सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यसवर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको छ । विभागका जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयले बिहान ७ बजेदेखि हरेक जिल्लामा योग गराउँदै आइरहेका छन् । 

ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा हुने
लुम्बिनीमा निर्माण हँुदै गरेको अन्तरराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीका दिन उद्घाटन गरिने भएको छ । दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा पाँच हजार जनाले एकै साथ ध्यान गर्न सक्ने क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको छ । 
झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रको निर्माण सम्पन्न गर्ने समयावधि २०७९ असारसम्म भए पनि  जेठ २ अर्थात् बुद्ध जयन्तीमा सकिने लुम्बिनी विकास कोषको सूचना शाखाले जान
कारी दिएको छ । पहिलो र दोस्रो चरण गरी दुई चरणमा ठेक्का भएको ध्यानकेन्द्रको समग्रमा ८० प्रतिशत काम सकिएको छ । 
आधुनिक र प्रविधिमैत्री नमूना हलमा १६ वटा भाषा अनुवाद हुने अत्याधुनिक प्रविधिसमेत जडान गरिने विकास कोषको सूचना शाखाले जनाएको छ । बुद्धकालिन कला संस्कृति र बुद्धको झल्का ेदिने आकृतिको बास्तुकलामा निर्माण भइरहेको ध्यानकेन्द्रले लुम्बिनी क्षेत्रको बुद्ध दर्शनको विकाससमेतमा सहयोग पुग्ने बास्तुकलाविद् बताउँछन् । ध्यानकेन्द्रको बाहिरी घेरामा ९७ वटा बुद्धका मूर्ति राखिनासमेतले ध्यानकेन्द्रको आर्कषण बढ्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउछन् ।
विस २०७५ वैशाख १७ गते राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा शिलान्यास भएको ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो हल निर्माण सम्पन्न भएपछि उपयोगि हुनेछ । सदस्य सचिव शाक्य भन्नुहुन्छ, “दक्षिण एसियामा नै बुद्धकला र संस्कृति झल्किने नमूना र ठुलो ध्यानकेन्द्र यो नै हो ।” 
साना र ठुला गरी ५५ ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिने लुम्बिनी विकास कोषका योजना प्रमुख इ. सरोज भट्टराईले बताउनुभयो । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरीको सुन्दरीकरण, अतिथि भवन, पार्किङ, शौँचालय, पानीको फोहोरा, मुलद्वार निर्माणजस्ता काम तीव्ररूपमा भइरहेका छन् ।
लुम्बिनी, बाबुल र अर्घाखाची  जेबी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको ध्यानकेन्द्रलाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने र गुणस्तरीय कामलाई प्राथामिकतामा राखिएको निर्माणकर्ता सफिक अहमद खानले जानकारी दिए । उनले लुम्बिनीजस्तो पवित्रस्थलमा निर्माण भइरहेको ध्यानकेन्द्रको गुणस्तमा कुनै प्रकारको कमजोरी नगरिने भन्दै तोकिएको मापदण्डमा काम भइरहेको बताए । 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार