बन्दीपुरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

शुक्रबार, पुस ३०, २०७८

दमौली, ३० पुस । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

स्करपियो त्रिशुलीमा खस्दा सात घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ बजेतिर खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन ।–रासस

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार