चौतारीलाई मर्यादित र व्यवस्थित बनाऔं : एमाले उपमहासचिव गुरुङ 

बिहीबार, पुस २९, २०७८

ललितपुर, २९ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले सो संस्थालाई मर्यादितका साथै व्यवस्थीत समेत बनाउन यहाँका पदाधिकारीलाई आग्रह गरेका छन् ।  चौतारी ललितपुर जिल्ला कमिटिको पाँचौँ अधिवेशनमा आज उनले चौतारीमा रहेका समस्त व्यक्तिले राम्रो काम गरेर अघि बढ्दा मुलुककै हित हुने बताए । उनले भने, “यस पार्टी सङ्गठनलाई अघि बढाउन नातावाद तथा कृपावादले कुनै सहयोग नगर्ने हुँदा असल व्यक्तिको चयनलनै विशेष भूमिका खेल्नेछ । कम्युनिष्ट पाटी राम्रोका साथै बलियो बनाउन यसभित्र रहेको कमि कम्जोरी पहिचान गर्नुपर्नेछ ।” पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउन संक्रिण सोचको अन्त्य गर्नुपर्ने धारणा राख्दै सो पार्टीले राम्रो काम गर्दा गर्दै पनि मडियाले समेट्न नसकेको हुँदा चौतारीले खवरदारी गर्नुपर्ने उहाँको जोड थियो । 
कम्युनिष्ट पार्टी व्यवस्थीत भएमा मात्रै सङ्गठन बलियो हुने जानकारी गराउँदै नेता गुरुङले आन्तरिक एकता हुनुपर्ने भनाइ राखे । 
पोलिटव्युरो सदस्य सुशीला नेपालले राज्य सञ्चालनको एउटा प्रमुख अङग सञ्चारमाध्यम भएको बताउँदै जनतालाई सहि सुचना दिन काम पत्रकारको भएको हुँदा सो पार्टीका कार्यमा पत्रकारहरु पछि परेका बताइन् । 
एमाले प्रचार बिभाग उपप्रमुख विष्णु रिजालले पत्रकारले कलमको माध्यमबाट समाजको रुपान्तरण गर्ने भएकाले जनमत निर्माणमा चौतारीले ठूलो योगदान गर्न सक्ने जिकीर गरे । उनले भने, “चौतारी सब्य नागरिक भएको संस्था रहँदा प्रशागत सुरक्षाका कुरा अघि बढाइनेछ ।” कार्यक्रममा सो पार्टी वाग्मती प्रदेश कमिटि सदस्य दामोदर खड्काले पत्रकारका लागि अक्षयकोष खडा गर्न एक लाख रुपैयाँ सहयोग गरेको जानकारी दिइयो । 
 
चौतारी ललितपुरको अध्यक्षमा बालमुकुन्द आचार्य चयन
चौतारी ललितपुरको आचार्यमा बालमुकुन्द आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।  अधिवेशनले उपाध्यक्षमा नविन लुइटेल अनि शान्त्ति घिमिरे, सचिवमा अशोक दुलाल, सहसचिवमा सन्तोष दाहाल अनि अबिन लिम्बु, कोषाध्यक्षमा इश्वर महर्जन तथा कार्यसमिति सदस्यमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञान बहादुर महर्जन, रेखा खुलाल, संगम श्रेष्ठ, नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन  भएका छन् ।
उक्त कार्यक्रममा चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत तथा चौतारी उपत्यका इन्चार्ज प्रकाश सिलवाल अनि सञ्चार इलाका अध्यक्ष सुरज आचार्य एवं प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले चौतारीलाई व्यवस्थित बनाउँदै लग्नु पर्ने बताए । 

चौतारी ललितपुर क्रियाशिल पत्रकारिता पुरस्कार ढकाललाई 
प्रेस चौतारी ललितपुर क्रियाशिल पत्रकारिता पुरस्कार नेपाल समाचारपत्र कर्मी ईश्वरराज ढकालले पाएका छन् ।  ढकाल २०५३ सालबाट निरन्तर रुपमा सक्रिय छन् । सो कार्यक्रममा एमालेको १० औँ महाधिवेशनबाट ललितपुरको प्रतिनिधित्व गर्दै निर्वाचित भएका केन्द्रीय सदस्यसहित एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचिन प्रदाधिकारीहरु समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार