अमेरिकी चुनावी प्रक्रिया कसरी टुङ्गिएला ?

अमेरिकी निर्वाचन मतगणना परिणाम  
शनिबार, कात्तिक २९, २०७७

यस पटकको चुनावमा जो बाइडन विजयी भएको प्रक्षेपण गरिएको केही दिन बितिसक्यो तर डोनल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । उनले आफू पराजित भएको स्वीकार गर्ने संकेत पनि देखाएका छैनन् । बरु ट्रम्पले मतदानमा धाँधली भएको र त्यसले परिणामलाई बाइडनको पोल्टामा पु¥याइदिएको आधारहीन आरोप लगाइरहेका छन् ।
तर अङकगणितले ट्रम्प कैयौँ राज्यमा दशौँ हजार मतले पछि रहेको र चुनावमा सफल हुन उनले अवस्था उल्टाउनुपर्ने देखाएको छ । अधिकांशले त्यस्तो हुन नसक्ने बताइरहेका छन् । तर राजनीतिक मान्यता र परम्पराविपरीत ट्रम्पले लिएको अडानले अमेरिका तरङिगत भएको छ । अहिलेको अनिश्चितताको बेला महत्वपूर्ण पक्षहरू के गरिरहेका छन् र तिनको कामले कस्तो प्रभाव पार्छ त ?
रिपब्लिकन दल
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ ?

अहिले नै पर्दैन । सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले आरोपहरूबारे हेर्ने र कानुनअनुसार पुनः गणनाका लागि अनुरोध गर्ने अधिकार राष्ट्रपतिमा रहेको बताएका छन् ।

वास्तविकता
विगत चार वर्षमा रिपब्लिकन नेताहरूले ट्रम्पले जति नै विवादित काम गरे पनि त्यसलाई सामना गर्ने रणनीतिमा निखार ल्याएका छन् । उनीहरूले केही प्रतिक्रिया नजनाउने, पर्खिने र त्यसले निम्त्याएको तरङ्गलाई जान दिने गर्दै आएका थिए । उनीहरू ट्रम्पले गर्ने एउटै ट्वीटमार्फत् पछि लाग्ने उनका समर्थकको निसानामा पर्न चाहँदैनथे । पराजित भए पनि यो प्रकरणमा रिपब्लिकनहरू औचित्यहीनजस्तो देखिएको कानुनी चुनौती नटुङ्गिएसम्म र नतिजा प्रमाणित नहुन्जेलसम्म राष्ट्रपतिले आफूले ‘कानुनी मत’ का आधारमा जितिरहेको अडान लिइरहून् भन्ने चाहन्छन् ।
रिपब्लिकनहरूले अब आउने डोमोक्रयाटिक दलसँग काम गर्ने र आगामी चुनावमा मध्यमार्गीहरूको समर्थन जुटाउने विषयमा पनि सोच्नुपर्ने हुन्छ ।
राष्ट्रपतिले जस्तो उनीहरू प्रतिस्पर्धीलाई लाभ पुग्ने सबै कुरा ध्वस्त गर्ने पक्षमा छैनन् । किनभने उनीहरूको राजीतिक भविष्य दिन वा हप्तामा नभई वर्षमा नाप्ने गरिन्छ ।
त्यही भएर उनीहरू राष्ट्रपतिसँग दाबी गर्ने अधिकार रहेको भन्दै उनलाई आफ्नो निराशा व्यक्त गर्न समय दिइरहेका छन् ।
रिपब्लिकनहरू जनअरीमा राष्ट्रपति ट्रम्प बाहिरिने र अमेरिकाले नयाँ राष्ट्रपति प्राप्त गर्ने विश्वासमा छन् ।
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ ?
त्यो अस्पष्ट छ । न्याय मन्त्रालयलाई पठाएको पत्रमा उनले गम्भीर आरोपलाई एकदमै ध्यान दिएर हेर्नुपर्ने भए पनि अनुमानका भरमा वा मनगढन्ते हिसाब संघीय अनुसन्धान अघि बढाइन नहुने अमेरिकी महान्यायाधिवक्ता विलियम बारले बताएका छन् ।
वास्तविकता
लामो परम्परा भङ्ग गर्दै सोमबार महान्यायाधिवक्ता बारले राज्यहरूले परिणामलाई प्रमाणित नगर्दै धाँधलीबारेको अनुसन्धान तत्काल थाल्न बाटो खोल्ने एउटा निर्देशन न्याय मन्त्रालयका उच्च अधिकारीहरूलाई थमाएका थिए ।
उक्त दस्तावेजले ट्रम्पलाई आफूले हारेका एकभन्दा बढी राज्यका अप्रमाणित धाँधलीका आरोप सरकारले अनुसन्धान गर्न गइरहेको छ भन्ने प्रमाण दिएको छ । महान्यायधिवक्ताले उक्त मेमोमा कैयौँ सर्त राखेका छन् अनि सावधानी पनि अपनाएका छन् । तर पनि बारको पत्रले आफूबाट नतिजा खोसिएको अडान लिइरहेका ट्रम्प र उनका समर्थकहरूलाई उत्साह थपेको छ । चुनावसँग जोडिएका फौजदारी अनुसन्धानमा हस्तक्षेप नहोओस् भन्ने सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू छन् ।
बारले केही त्यस्ता व्यवस्था हटाएका भए पनि त्यसले धाँधलीको दाबी पुष्टि गर्ने प्रमाण खोजिरहेका राष्ट्रपतिका लागि सघाउला कि नसघाउला भन्ने स्पष्ट छैन ।
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ ?

ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्भिसले आफूले राष्ट्रपतिलाई समर्थन गर्ने र विधिको शासन, संविधान र अमेरिकी प्रणालीको पक्षमा उभिँदा आफूलाई गर्व लागेको बताएकी छन् । राष्ट्रपतिसँग लामो समयसँगै रहेका रूडी जुलिआनी मतगणना परिणामलाई चुनौती दिने ट्रम्पको धारणाको पक्षमा छन् ।
कतिपयले ट्रम्पको कार्यकाल सकिएसँगै सत्ता र शक्तिमा आफ्नो पहुँच समाप्त हुने भएकाले त्यस्तो गरेका हुनसक्छन् । ह्वाइटहाउसकी प्रेस सचिव काइली माक्नानीले आफ्नो पक्ष विजयी भएरै छोड्ने बताएकी छन् । अरू जस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्रम्पको दोस्रो कार्यकालका लागि सहजै सत्ता हस्तान्तरण हुने प्रतिक्रिया दिएका छन् । ट्रम्पका दुई छोराले जोडदार रूपमा आफ्ना बुवाको समर्थन गरेका छन् । त्यसको व्यक्तिगत कारण पनि छ किनभने यसमा परिवारको नाम र मान जोडिएको छ । तर केही आशंकाहरू पनि उत्पन्न भएका छन् । राष्ट्रपतिकी छोरी इभान्का चुनावयता मौन छिन् । उनी र उनका पति ज्यारेड कुश्नरले ट्रम्पले पराजय स्वीकार गर्नुपर्ने समय आएको भन्ठानेको समाचार आएको छ । ट्रम्पका समर्थकहरू राष्ट्रपतिले हार स्वीकार्न नहुने पक्षमा छन् ।
ह्यूस्टन, टेक्ससमा कुरा गर्दै एक ट्रम्प समर्थकले चुनावमा पूर्ण धाँधली भएको र गणना नभएका मत मृतक र नक्कली मानिसका भएका बताएका थिए । चुनावअघि ट्रम्पका समर्थकहरू आफ्ना नेताले जित्नेमा विश्वस्त देखिएका थिए ।
सन् २०१६ को चुनावमा अप्रत्याशित रूपमा पराजित हुनुअघिसम्म हिलरी क्लिन्टनले नै जित्ने ठानिएको थियो । अनि यो वर्ष अनुमान गरिएभन्दा निक्कै कडा प्रतिस्पर्धा भयो । मतगणनामा बाइडनको पक्षमा प्रतिस्पर्धा गएको देखाइसक्दा पनि केही परम्परावादीहरू राष्ट्रपतिको पक्षमा उभिएका छन् । 
रोएटर्स र आईपीएसओएसले गरेको सर्वेक्षणले करिब ४० प्रतिशत रिपब्लिकनहरूले बाइडनले चुनाव जितेको विश्वास नगरेको देखाउँछ । ट्रम्पको अभियानले ‘धाँधली रोक्न’ माग गरिएको ¥याली देशभरि गर्ने योजना बनाएको छ । ट्रम्पसँग लडिरहने इच्छाशक्ति भए भने उनका समर्थकहरूले साथ दिने देखिन्छ ।

जो बाइडन भन्छन, ट्रम्पले हार स्वीकार गर्नुपर्छ । बाइडनले ट्रम्पको धारणालाई लज्जास्पद भन्दै त्यसले राष्ट्रपतिको विरासतलाई सहयोग नपु¥याउने धारणा राखेका छन् । शनिवार चुनावको विजेताको रूपमा प्रक्षेपण गरिएपछि जो बाइडनको सङ्क्रमणकालीन समूहले शक्ति हस्तान्तरणको प्रक्रिया सहज र विधिसम्मत रूपमा अघि बढोस् भन्ने सुनिश्चित गर्न सक्दो काम गरिरहेको छ ।
उनले सोमवार कोरोनाभाइरस कार्यदलसँग भेटे भने मंगलबार संवाददाताहरूसँग कुरा गर्दै आगामी हप्तामा आफ्नो प्रशासनका उच्चस्तरीय नियुक्तिहरू घोषणा गर्ने बताए । बाइडनले ट्रम्पले हार नस्वीकार्दा आफूलाई अप्ठ्यारो परेको चिन्ता परेको अस्वीकार गरेका छन् । अनि राज्यका सूचना र कतिपय स्रोतमा राष्ट्रपति–निर्वाचितलाई पहुँच पुग्न समय लाग्नु एकदमै ठूलो हानि नभएको टिप्पणी गरेका छन् । बाइडनले ‘पदासीन राष्ट्रपतिबाट मध्यम तहको धम्कीको सामना गरिरहेका’ रिपब्लिकनहरूले उनको जित स्वीकार्ने पनि बताएका छन् ।

ट्रम्पले हार स्वीकार गर्नुपर्छ ? यो प्रश्नका उत्तर टवीटरमा दिँदै ट्रम्पले भनेका छन्, ‘जनताले यो धाँधलीपूर्ण चुनावलाई स्वीकार गर्दैनन् ।’ डोनल्ड ट्रम्पलाई मात्रै थाहा छ कि कैयौँ राज्यमा दशौँ हजार मतले पछि परे पनि किन उनले आफ्नो हार स्वीकार गरिसकेका छैनन् । सम्भवतः दक्षिणपन्थी सञ्चारमाध्यमका उपभोक्ताका हिसाबले उनी अझै प्रमाणित हुनसक्ने ठूलो तहको धाँधली भएको साँच्चै ठानिरहेका छन् । त्यस्तो अवस्थामा एकभन्दा बढी अदालतलाई विश्वासमा लिएर नतिजा आफ्नो पक्षमा पार्न सकिने उनको विश्वास हुनसक्छ । कतिपयले राष्ट्रपतिले हारबाट आफ्नो व्यक्तिगत ब्रान्डमा दाग लाग्न नदिन यसो गरेको पनि भनिरहेका छन् । अझ लामो चुनावी लडाइँ गर्ने हो भने त्यसका लागि चन्दा सङ्कलन गर्न वा त्यस्तो रकम हार बेहोरेको चुनावी अभियानको ऋणजस्ता खर्चमा प्रयोग गर्ने उद्देश्य हुनसक्ने पनि ठानिन्छ । एउटा बिन्दुमा वास्तविकता प्रकट हुन्छ । राज्यहरूले आगामी हप्ताहरूमा नतिजा प्रमाणित गर्दा इतिहासकै सबैभन्दा ठूलो भवितव्य भएन भने जो बाइडनले कुल ५३८ इलेक्टोरल कलेजमध्ये बहुमत आफ्नो पक्षमा प्राप्त गर्नेछन् । परम्पराअनुसार जनअरी २० मा शपथग्रहण गरी पदभार ग्रहण गर्नेछन् । त्यस बेला हार स्वीकार गरेपनि नगरेपनि ट्रम्पले पद छाड्नैपर्छ । तर उनी सन् २०२४ को चुनावमा फेरि सहभागी हुन सक्छन् । अमेरिकी संविधानले लगातारको सर्त नराखी दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था गरेको छ ।

के ट्रम्पले नयाँ सरकारको सङ्केत दिएका हुन् ?
अमेरिकामा राष्ट्रपति–निर्वाचित जो बाइडनले जोर्जिआ राज्य पनि जितेको बीबीसीले प्रक्षेपण गरेको छ । सन् १९९२ पछि उक्त राज्यमा जित्ने उनी पहिलो डेमोक्रयाटिक उम्मेदवार हुन् । जोर्जिआमा हातैले गनेर फेरि मतगणना गरिएको थियो । यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ । इलेक्टरल कलेज भनिने अमेरिकी निर्वाचन प्रणालीमा अब उनको पक्षमा ३०६ मत पुगेको छ ।
ट्रम्पको अवस्था के छ ?
पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ । त्यसो हुँदा उनको २३२ मत पुग्नेछ । आफ्नो पराजय स्वीकार गर्न नमानेका ट्रम्पले पहिलो पटक जनअरीमा नयाँ सरकार आउन सक्ने सङ्केत दिएका छन् ।
कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको एउटा प्रेस ब्रीफिङमा बोल्दै उनले भने, ‘यो प्रशासन लकडाउनमा जानेछैन ।’
‘आशा गरौँ....भविष्यमा जे हुन्छ । कसलाई के थाहा कुन सरकार हुन्छ । समयले नै बताउला’, उनले भने । तर उनले बाइडनको नाम लिएनन् । उनले संवाददाताहरूबाट प्रश्न पनि लिएनन् । कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन् । ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव बढिरहेको छ ।
कस्तो सफलता ?
बाइडनले प्राप्त गरेको इलेक्टरल मत सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई पराजित गर्दा हात पारेको मत बराबर भएको छ ।
त्यतिबेला ट्रम्पको विजयलाई ’ल्यान्डस्लाइड’ अर्थात् ठूलो जित भनिएको थियो । यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ । यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ झिनो मतान्तर भएकाले जोर्जिआमा हातबाटै गरिएको पुनर्गणना चलिरहनेछ । तर बाइडनको टोलीले परिणाम नफेरिने दाबी गरेको छ । ट्रम्पले विभिन्न राज्यमा निर्वाचन प्रक्रियाविरुद्ध मुद्दा हालेका छन् । तर एरिजोनामा बाइडनको अग्रता विशाल भएकाले ट्रम्प पक्षले एउटा मुद्दा फिर्ता लिएको छ । जो बाइडनको विजय आधिकारिक रूपमा घोषणा हुन बाँकी नै छ । सत्ता हस्तान्तरणको सङ्क्रमणकालका लागि गठित उनको टोलीलाई कुनै आर्थिक सहयोग र सरकारी निकायमा पहुँच दिइएको छैन । 
ट्रम्प प्रशासनले सुरक्षा निकायका वर्गीकृत ब्रीफिङमा उक्त टोलीलाई सहभागी हुन नदिइँदा नयाँ प्रशासनलाई राजकाजमा समस्या पर्न सक्ने जो बाडइनकी प्रवक्ता जे पास्कीले बताइन् । कोरोनाभाइरस महामारीको प्रभावलाई देखाउँदै उनले भनिन् ‘वर्तमान सङ्कटको सामना गर्न ताजा सूचना आवश्यक पर्छ ।’‘हाम्रो टोली र हाम्रा विज्ञहरूले त्यस्तो पहुँच पाउनु आवश्यक छ ।’
राष्ट्रिय सुरक्षाबारे किन चासो ?
यसअघि डेढ सय जनाभन्दा बढी भूतपूर्व राष्ट्रिय सुरक्षा अधिकारीहरूले सङ्क्रमणकाल अस्वीकार गर्दा ‘राष्ट्रिय सुरक्षामा गम्भीर खतरा’ पर्ने चेतावनी दिएका थिए ।
सत्ता हस्तान्तरण प्रक्रियामा मुख्य भूमिका भएको निकायलाई एउटा पत्र पठाउँदै उनीहरूको समूहले जो बाइडन र कमला ह्यारिस आधिकारिक रूपमा स्वीकार्न र उनीहरूलाई राष्ट्रिय सुरक्षाका गम्भीर विषयबारे जानकारी पाउने अवस्था सिर्जना गर्न आग्रह गरेको थियो । रिपब्लिकन पार्टीका केही नेताहरूले पनि राष्ट्रपति(–निर्वाचित बाइडनलाइ दैनिक रूपमा गुप्तचरी सूचना दिनुपर्ने मागलाई समर्थन गरेका छन् ।
निर्वाचन अधिकारीहरूले अमेरिकाको निर्वाचन ‘अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ भएको बताएपछि ट्रम्पको सामाजिक सञ्जालबाट उनको टिप्पणी सार्वजनिक भएको हो । मतदान सफ्टवेअरले २८ वटा राज्यमा आफूलाई परेको लाखौँ मत मेटिदिएको दाबी ट्रम्पले गरेपछि त्यसको खण्डन गर्न निर्वाचन परिषद् बोलेको हो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार