कांग्रेस संस्थापन इतरले आज पनि सकेन साझा उम्मेदवार छान्न

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर : साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ ।  बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार चयन गर्न नसकेको हो । अब भोलि सभापतिका आकांक्षी बाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुन: आकाक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला साझा उम्मेदवार चयनका लागि लचिलो हुन तयार भएपनि शेखर कोइराला र प्रकाशमान अडानबाट पछि नहट्दा समस्या भएको बैठकपछि नेता घिमिरेले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार