खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिवन्ध

बुधबार, मंसिर २२, २०७८

हरारे, २२ मङ्सिर । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने सिलसिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ ।
“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा बृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाई गर्ने निर्णय गरेको हो”, सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भने ।    
सरकारले सवैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा बन्चित र निषेध गरिने उनले बताए । उनले खोप लगाउनका लागि विभिन्न वसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिए । खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिकस्थलमा नजान पनि उनले आग्रह गरे ।
उनले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनु पर्ने र त्यही अनुसारको सतर्कता अपनाउनु पर्नेमा जोड दिए । 
सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित भएका छन् । ती मध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन् ।  
देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार