प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले दियो अनुमति

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।  बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ । उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार