सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार सात सय पाँच पैयाँ कायम भएको महसंघले जनाएको छ ।  बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार