प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

बिहीबार, मंसिर २, २०७८
काठमाडौं, २ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।'हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,' प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार