चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

मंगलबार, कात्तिक ३०, २०७८

नयाँ दिल्ली, ३० कात्तिक । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहनु भएकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।   उनकी छोरी रचना यादवले निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् । स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् । उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो । –रासस/एएनआई
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार