भारतमा कोभिड १९का १६,३२६ नयाँ सङ्क्रमित थपिए

शनिबार, कात्तिक ६, २०७८

नयाँदिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमित फेला परेका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ ।  यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार