चीनमा रासायनिक भट्टी विष्फोट हुँदा चार जनाको मृत्यु तीन घाइते

शनिबार, कात्तिक ६, २०७८

ओहोट । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । उक्त विष्फोट राति ११स्०० बजे भएको थियो । अल्क्सा लीग (प्रिफेक्चर)को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ । फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ । दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार