मुलुकभर शनिबार थपिए ५१३ जनामा कोरोना संक्रमित ८ जनाको मृत्यु

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं । मुलुकभर शनिबार ५१३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १५०, ललितपुर र मोरङमा ३९÷३९, रुपन्देहीमा ३२, भक्तपुर र सुनसरीमा २४÷२४, कास्कीमा १६, मकवानपुरमा १५ र चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा २१३  जना कोरोना संक्रमित थपिए
पछिल्लो २४  घण्टामा काठमाडौँ उपत्यकामा थप २१३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५०, भक्तपुरमा २४ र  ललितपुरमा ३९ जना संक्रमित थपिएका हुन् । गत चौबीस घन्टामा ४ हजार ९७२ पीसीआर तथा १ हजार ९५९ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार