पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ

शनिबार, कात्तिक ६, २०७८

जनकपुरधाम :  पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् ।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ । बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार