सुदुरपश्चिम पुगेर पौडेलले भने, 'प्याकेजमा राहत देऊ'

शनिबार, कात्तिक ६, २०७८

धनगढी : बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका छन् । 

पीडितको दुःख बुझ्न आएको बताउदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफुले यस विषयमा घचघच्याउने बताए । 
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए । 

पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार