हाम्रो गणना एक नम्बरमा : ओली

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं  : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले  चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् । 

देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताए । ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ ।

नमूना काम गर्नुपर्छ । हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने । 

उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन् । 

उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे । 

'एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन्'  

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् । 

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगाए । 

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उनको भनाइ छ ।  तल्ला कमिटीलाई  सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले  देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।  गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भने, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार