अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद

शनिबार, कात्तिक ६, २०७८

 

काठमाडौं : अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

 अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन । अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ ।-एजेन्सी

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार