भारतीय प्रधानमन्त्री मोदीले गोवा कार्यक्रमका लाभग्राहीसँगसंवाद गर्ने

शुक्रबार, कात्तिक ५, २०७८

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आत्मनिर्भर भारत स्वयंपूर्ण गोवा कार्यक्रमका लाभार्थीहरूसँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ । अन्तरक्रिया बिहान ११ बजे भिडियो कन्फरेन्सिङका माध्यमबाट हुने जनाइएको छ । अन्तरक्रियापछि प्रधानमन्त्री मोदीलले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् । स्वयंपूर्ण गोवाको पहल १ अक्टोबर २०२० मा सुरू भएको थियो ।
यस कार्यक्रमअन्तर्गत, एक राज्य सरकारी अधिकारी ’स्वयं मित्र’ को रूपमा नियुक्त गरिने छ । ती मित्रले एक निर्दिष्ट पञ्चायत वा नगरपालिकाको भ्रमण गरी  स्थानीयहरूसँग अन्तरक्रिया गर्नुका साथै धेरैभन्दा धेरै सरकारी विभागहरूसँग समन्वय गर्नेछ जसबाट स्थानीयले सरकारी योजनाको छिटो लाभ लिनसक्ने अपेक्षा गरिएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्त उक्त अवसरमा उपस्थित हुनेछन् ।–
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार