नवजात शिशुको शव फेला

शुक्रबार, कात्तिक ५, २०७८

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा–८ नौघर टोलमा एक नवजात शिशुको शव फेला परेको छ । लिङ्ग पहिचान नभएको नवजात शिशु मृत अवस्थामा फेला परेको हो । प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ्गमा राखेको छ । ‘शव पहिचानमा कठिन छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इकवाल हवारीले भने, ‘अनुसन्धानमा छौँ, केही भन्ने सक्ने अवस्था छैन ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार