एक अर्बभन्दा बढी भारतीय नागरिकले लगाए कोरोनाविरुद्धको खोप 

बिहीबार, कात्तिक ४, २०७८

नयाँदिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपलब्धि भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिए ।  मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई लगाउनका निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिए । मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गरेका छन् । यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपङ्क्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गरेका छन् ।–एएनआई
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार