देशभर बिहीबार थपिए ५४५ सङ्क्रमित

काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा पाँचसय भन्दा बढी संक्रमित 
बिहीबार, कात्तिक ४, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ५४५ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।  आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ३१५ जना रहेका छन् । पाँचसय भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । पाँचसयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८।६ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् । 
पछिल्लो २४ घण्टामा ७२६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार ८८१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको छ । 
आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३२६ जनाको निधन भएको छ । आज २३ हजार ५६८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ८१ हजार १९५ पहिलो मात्रा र ६५ लाख ४६३ पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

सुदूरपश्चिममा थप २० जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६२४ जनाको नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पन्ध्र जनामा आरडिटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल ११, डडेल्धुरा अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो ।  
यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार