ललितपुरमा खड्गजात्रा सुरु 

महानगरले छुट्यायो खड्ग जात्राका लागि २५ लाखको अक्षयकोष 
मंगलबार, असोज २६, २०७८

ललितपुर । लिच्छविकालीन खड्गजात्रा (पाया ः जात्रा) मंगलबार(सप्तमी)बाट सुरु हुँदैछ । खड्गजात्रा (पाया ः जात्रा) संचालनको लागि सम्पूर्ण तयारी पुरा भएको मुल गुठीयार साम्राज्यदेव श्रेष्ठले जानकारी दिए । दशैंको बेला देखाइने यो जात्राका लागि ललितपुर महानगरले जात्रामा सहभागीको बिमा समेत गरेको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले भने, ‘महानगरले यो जात्राका लागि २५ लाखको अक्षयकोष समेत स्थापना गरेको छ , अब एक एउटा समिति बनाएर प्रक्रिया अघि बढाउँछौं । ’ नेपाल भाषामा पा भनेको खड्ग र याको अर्थ यात्रा हो । समयक्रमसँगै पायाः अपभ्रम्श भएर पायो भनिएको जानकारहरु बताउँछन् । 
ललितपुर महानगरको छैठौं नगरसभाले बजेटमा खड्ग जात्राको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरिसकेको छ । आर्थिक वर्ष २०७८÷२०७९को बजेटबाट उक्त रकम दिने निर्णय गरेको हो । २४ वर्षसम्म संचालन नभएको खड्ग जात्रा २०७४ सालको स्थानीय तहको निर्वाचनपछि सुरु भएको हो । यो जात्रा ललितपुर महानगरको ऐतिहासिक परम्परा भएको बताउँदै उपप्रमुख गीता सत्यालले भनिन् ‘ २४ वर्षसम्म संचालन हुन नसकेको यो जात्रा हामी निर्वाचित भएपछि सुभारम्भ ग¥यौं , यो हाम्रो लागि ठूलो उपलब्धि हो , निरन्तरताको लागि अक्षयकोष समेत राखेका छौं । ’
साथै रुद्रायणी नाच, हरिसिद्धी नाच र कात्तिक नाचका लागि समेत महानगर अघिल्ला आर्थिक वर्षमा नै अक्षयकोष स्थापनाका लागि रकम विनियोजन गरी रकम हस्तान्तरण गरिसकेको छ । महानगरका अनुसार कातिक नाचको लागि ५० लाख र रुद्रायणी र हरिसिद्धी नाचको लागि प्रत्येकलाई २५ लाखको हस्तान्तरण गरिसकेको छ । ‘आर्थिक अभावका कारण जात्रा संचालन गर्न गाह्रो नहोस् भनेर अक्षयकोष राखेका हौं ’नगरप्रमुख महर्जनले भने ।  
महादुर्गाले महिषासुरको बध गरी मानव जगतको रक्षा गरेको उपलक्ष्यमा यो जात्रा दशैंका बेलामा विजयउत्सवको रुपमा मनाइने धार्मिक मान्यता छ । मूल गुठीयार साम्राज्यदेव श्रेष्ठका अनुसार मंगलबार देवतालाई पाटन दरबार क्षेत्रस्थित मुछेँ आँगमबाट मूल चोकमा ल्याइन्छ । नवमीका दिन थसिखेलस्थित महालक्ष्मीस्थनबाट थमिमल पाय निकालिन्छ । दशमीको दिन ठेचोस्थित नवदुर्गा नाचले मानमानेश्वरी भवानीलाई मालार्यापण गरी मंगलबजार पु¥याइन्छ । त्रियोदशीमा भवनीलाई मुछेँ आँगमचोकमा विराजमान गराइनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार