सूर्योदय नछुटाउने अभिनेता

सोमबार, असोज २५, २०७८

काठमाडौं : बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन् । किनकि उनको दिनचया अनुशासित छ ।

उनले याे दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा याे जिन्दगी राेजेकाे हाेइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन् ।

उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् ।

उनले प्राय: छायाँकन ८/९ घण्टामै सक्ने गरेका छन् । 'अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,' उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने ।

उनले हाउसफूल सिरिजसँगै 'हे बेबी'मा अक्षयसँग काम गरेका छन् । अक्षयले पछिल्लो समय लकडाउनमा छायाँकन गरेको फिल्म 'बेल बटम' का लागि मात्र यो नियम ब्रेक गरेका थिए । उनले प्याकेटको खानेकुरा नखाने गरेको बताउने गरेका छन् । 'म प्याकेटको खानेकुरा खादिन भने अल्कोहल पनि लिने गरेको छैन र आफ्नो अनुसासन कायम गर्ने गरेको छु,' अक्षयले एक इभेन्टमा भनेका छन् । ५४ वर्षमा पनि फिट रहनुको कारणबारे उनले इभेन्टमा बताएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार