ओरालो लाग्दै सुनको मूल्य : चार दिनमा प्रतितोला ४ हजार ४ सयले घट्यो 

शुक्रबार, असोज १२, २०८०

काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । 
नेपाल सुन चाँदी व्यववसायी महासंघका अनुसार मंगलबारदेखि आज शुक्रबार सम्म सुन प्रतितोलामा ४ हजार ४ सय घटेको हो । 
गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको सुन बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको थियो । त्यस्तै बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको सुनको शुक्रबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो । योसँगै वितेको चार दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। 
त्यसैगरी,आज चाँदीको मूल्य भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज  प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार