संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : लेखक

बुधबार, असोज १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् । 
पार्टीको संसदीय समितिको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने भन्दै त्यसबारे छलफल गरी सदनमा लाने बताए ।
उनले भने, ‘सबै कुरामा संविधान नै संशोधन गर्नुपर्छ भन्ने छैन । संविधान संशोधन नगरेर पनि पूरा गर्न सकिन्छ । शिक्षकका मागहरु पुरा गर्न सकिन्छ । त्यसबारे छलफल गरेर हामी सदनमा लान्छौ ।’
उनले एमालेले महिनौं संसद अवरोध गर्नाले दर्ता गरेका विधेयक समेत अगाडि बढ्न नपाएको टिप्पणी गरे ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार