पार्टी बैठक लाइभ गर्न भएन : चन्द्र  भण्डारी 

सोमबार, असोज ८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् । 
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा  होइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’
उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे । 
हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार