स्वर्गीय रिजालले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्छ   : शेरबहादुर देउवा

मंगलबार, असोज २, २०८०

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले स्वर्गीय मुकुन्द रिजालको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उनले छोडेर गएका कामलाई पूरा गर्न  मिलेर लाग्नुपर्ने धारणा राखेका छन् ।  नेपाली कांग्रेस क्षेत्र नं ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको १३ औँ पुण्यतिथिमा मंगलबार आयोजित कार्यक्रमममा उनले नेता रिजालले राम्रो कामको थालनी गरेको र उनका अपूरा कामलाई पूरा गर्न सबै मिलेर लाग्नुपर्ने बताए । उनले भने, ‘त्यस्तो व्यक्ति हाम्रो अगाडि नहुदाखेरी हाम्रो पार्टीका लागि, राष्ट्रका लागि अपूरणिय क्षति भएको मलाई मात्र होइन सबैलाई लागेको छ । उहाँ आज हामी माझ हुनुहुन्न तर उहाँले छोडेर गएका काम हामी सबैले मिलेर पूरा गर्नुपर्दछ ।’
रिजालको निधनले पार्टीलाई ठूलो क्षति भएको बताएका उनले सबै मिलेर रिजालले छोडेर गएका अपूरा कामलाई पूर्णता दिने धारणा राखे । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार