काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्न बसेकाहरूको गल्तिको भारी अहिलेको व्यवस्थामाथि थुपार्न नहुने तर्क गरेकी छिन् ।
चलचित्र विकास बोर्डले मंगलबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री शर्माले व्यवस्था परिवर्तनका लागि भएको जनआन्दोलनले आम नागरिकको जीवनमा भने जति परिर्वतन गर्न नसक्नुमा शासकहरूको दोष रहेको बताईन् ।
शासकले गरेको गल्तिको भारी व्यवस्थामाथि थुपार्न नहुने उनको तर्क छ ।

‘सरकार सञ्चालन गर्नेहरूले गरेको त्यो त्रुटिको भारी, त्यसको दोष व्यवस्थाले बोक्नु हुँदैन्, र बोकाउनु हुँदैन’, उनले भनिन् ।
लोकतन्त्रमा भएका गल्ति कमजोरीको भारी व्यवस्थालाई बोकाएर लोकतन्त्रको विकल्प खोज्नु भन्दा त्यसको सुधार गर्नतर्फ लाग्नुपर्ने उनको तर्क छ ।
‘पारदर्शी व्यवस्थाको कारण अपराधिहरू कारबाहीको दायरामा रहेको भन्दै उनले थपिन, यो पारदर्शी व्यवस्थाका भएकैले हामीले यति धेरै कुरा थाहा पाएका हौं, जे जति छन् त्यसको भारी लोकतन्त्रले बोक्दैन । यो लोकतन्त्रको विकल्प भनेको सुदृढ लोकतन्त्र हो । हामीले सुधार गरेर यहाँभित्रका खराब पक्षहरुलाई पन्छाएर हरेक क्षेत्रका राम्रा कुराहरुलाई सतहमा ल्याउने गर्नुपर्छ ।’
 (9)1695131658.jpg)
कार्यक्रममा सामाजिक शासकीय रुपान्तरणमा योगदान पु¥याएका कला क्षेत्रका कलाकार, निर्देशकलगायतका विभिन्न कलाकर्मीलाई सरकारले सम्मान गरेको छ । हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, चलचित्र निर्देशक दयाराम दाहाल लगायतलाई सम्मान गरिएको छ ।
सम्मान ग्रहण गर्दै वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्र विकास बोर्डले यो पाली फरक ढंगले चलचित्रकर्मीलाई सम्मान गरेको देख्दा खुशी लागेको बताए ।
 (7)1695131657.jpg)
‘आजको यो पुरस्कृत हुने व्यक्तिहरु देखेर म दङ्ग परे । पहिले पहिले भन्दा एकदम फरक किसिमको पाए । जो दयाराम दाहालजीले पुरस्कार पाउनुभयो । जयरामजीले धेरै कलाकार जन्माउनु भयो, धेरै फिल्महरु निर्माण गर्नुभयो । चलचित्र जगतलाइ नै माथि पु¥याउनुभयो । तपाइँले पुरस्कार लिएको कहिल्यै देखेको छैन् । खुशी लाग्यो’ उनले भने ।
