‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक 

मंगलबार, असोज २, २०८०

काठमाडौं। नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ ।  
मंगलबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रममा बीच म्यूजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभु राम शर्माले सार्वजनिक गरेका हुन् । 
गीत सर्वाजनिक समारोहमा गीतकार उपरथी  श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरुपता देखाउने सन्देश दिन खोजेको बताए । 
लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन । म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो ।’ 
आफू व्यवसायीक लेखक नभएको उल्लेख गर्दै उनले थपे,‘मलाई नेपाली सेनाले निभाउदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो ।’  
उपरथि श्रेष्ठद्वारा लिखित उक्त गीतमा युवा गायक सुभात तिम्सिना र गायीका श्रीमती गिता पाण्डेले स्वर भरेका छन् । 
संगितकार राजेन्द्र बजगाँईको लयमा नेपाली सेनाका सैनिक ब्याण्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले संगीत संयोजन गरेका छन् । 
गीतमा कोरस, समूह गायनमा प्रमिला बानियाँ, संगिता घर्तीमगर, लक्ष्मी प्रभा थापा, शुधा शेर्पा, आकृति दुलाल, संझना जिमी र शुष्मा लामिछाने तथा गायीकातर्फ राजकुमार आलेमगर, राजिव परियार,हेमन्त रामझालि मगर,नारायण थापा,रमेश पाठक र रविन्द्र लामिछानेले स्वर दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार