आज सुदूरपश्चिम, कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने  

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुको साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसको कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानहरू भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार