काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले, नेपालको नयाँ नक्साबारे चीन सरकारलाई औपचारिक जानकारी गराउन प्रधानमन्त्रीसंग आग्रह गरिएको बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकपछि पत्रकारसंग कुरा गर्दै सांसद खतिवडाले, यसअघिको सरकारले नेपालको चुच्चे नक्सा घर घरमा बाडेँको तर जानकारी गराउँनै पर्नेहरुलाई नगराएको दाबी गर्दै यसपटक सरकारले चीनलाई नेपालको नक्साबारे जानकारी गराउनु पर्ने बताए ।
‘अघिल्लो सरकारले नक्सा घर घरमा बाँडेर हिन्नु भयो प्रधानमन्त्री, राष्ट्रपति, सचिव, मन्त्री तर जहाँ बाड्नु पर्ने हो त्यहाँ बाडिँएको रहेनछ । हामीले संसदबाट पारित गरेर चुचे नक्सा हाम्रो हो भन्यौ तर जुन देशमा दिनुपर्ने हो, विदेशीहरुलाई संयुक्त राष्ट्र संघलाई, भारतमा, चीनमा पु¥याउनु पर्ने हो त्यो गर्नुभएको रहेनछ ।’ उनले भने ‘ परराष्ट्रमन्त्रीलाई हामीले आग्रह गरेका छौ र प्रधानमन्त्रीलाई पनि कुटनीतिक रुपमा यो नक्साको बारेमा भारत र चीनसँग संवाद गरेर नेपालको भूमिको बारेमा स्पष्ट कुरा गर्नु भनेका छौं ।’
उनले केपी ओली सरकारले सपना मात्रै बाडेँको आरोप लगाए । ‘हामीलाई पानी जहाज, रेल, घर घरमा ग्याँसका पाइप आउँने सपना थियो । पूरा भएन हामीले मिठा मिठा कुरा सुन्यौ, बोलुन्जेल राम्रो लाग्छ काम हेरेपछि चाँहि रुन मन लाग्ने बनाउनु भयो । यसमा दुख लाग्या छ । यस्तो सपना बाडेर मात्रै हुदैँन् काम गरेर देखाउनु पर्छ । ’ उनले भने ।
त्यस्तै नेपालले कुनै पनि देशलाई नजिक र कसैलाई टाढाको व्यवहार गर्न नहुने बताएका उनले नेपालको हित हुने खालको सम्बन्ध स्थापनामा जोड दिन उनको सुझाव छ । ‘मित्र राष्ट्रहरुसँग हाम्रो सम्बन्ध योसँग ढल्किने र पल्किने काम गर्नु हुदैँन् भन्ने हामीले भनेका छौ । हामी सबैसँग मिलेर काम गर्न चहान्छौ । भ्रमण गर्दा नेपाललाई हित हुने राम्रो काम गरेर आउनु भनेको छु ।’