तोलामै हजार रुपैयाँले घट्यो सुन 

बिहीबार, भदौ २८, २०८०

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ । 
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ रहेको छ । 
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदरी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार