क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम सहभागी हुने 

बिहीबार, भदौ २८, २०८०

काठमाडौं । ग्रिनल्यान्ड माविको आयोजनामा १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जानकारी दिए । 
सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गल्र्समा २४ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । समग्रमा १ सय १८ खेल हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 
असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार