ठूला पार्टीबीच देश लुटिरहने सहमति भएको राप्रपा अध्यक्ष लिङ्देनको आरोप (भिडियाे)

बुधबार, भदौ २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला पार्टीहरूबीच सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको आरोप लगाएका छन् । 
काठमाडौंमा बुधबार आयोजित पार्टीको उपत्यका केन्द्रित विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र अनुसन्धान भएको भए झन् ठूला ठूला मानिस पर्छन् भनेर सामसुम गरेको आरोप लगाए । 
पार्टीहरूबीच तै चुप मै चुप गरेर सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको उनको दाबी छ । 
उनले भने,‘कुन पार्टी चोखो रहेछ त ? चुनाव लड्ने बेला अलग अलग लडे । पार्टी पनि अलग, खानी बेला त एकै ठाउँ हुँदा रहेछन् त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अहिले पनि पुलिसले स्वतन्त्रपूर्वक अनुसन्धान गरेको भए त्यो भन्दा ठूला ठूला मानिस पर्ने थिए । तर सामसुम गरे । तैँ चुप गर्ने मैँ चुप गर्ने सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको छ ।’
उनले एमसीसी सम्झौताबाट जति पैसा आउँछ त्यसको कयौं गुणा भ्रष्टाचार एनसेलबाट भएको उनको दाबी छ  । 

‘सामाजिक सद्भाव यो कालखण्डकै बिथोलिएको अवस्थामा’
अध्यक्ष लिङ्देनले, मुलुकमा सामाजिक सद्भावको अवस्था यो कालखण्डकै सबै भन्दा खराब अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनले सामाजिक सद्भाव र धार्मिक द्वन्द्वको हिसावले देश अहिलेसम्मकै खराब अवस्थमा पुगेको बताए । 
‘सामाजिक सद्भाव यो कालखण्डकै सबभन्दा ठूलो बिथोलिएको अवस्था छ । धार्मिक द्वन्द्वमा छ देश ।सम्पूर्ण सक्ता, सक्ता रक्षाको लागि जे पनि गर्न तयार भएको अवस्था छ । विदेशीहरुको चाहाना र इच्छा विपरित अथवा उनीहरुको साथ र सहयोग विना नेपालमा चुनाव पनि जित्न सकिदैँन र जितियो भने सरकारमा पुग्न सकिदैँन,सरकारमा पुगियो भने पनि टिक्न सकिदैँन ।त्यसैले विदेशीहरुको साथ सहयोग चाहिन्छ ।विदेशीहरुको कुरा मान्नै पर्छ भनेर शक्ताको लागि विदेशीको जे कुरा पनि मान्ने एउटम प्रचलनको श्रापमा स्थापित भएको छ । यो भनेको समग्रमा देश हामीले हेर्दाखेरी सामान्य जस्तो देखिए पनि एउटा असामान्य स्थितिबाट गुज्रिराखेको छ,’ लिङ्देनले भने । 
उनले देश बाहिरबाट हेर्दा सामान्य देखिए, पनि असामान्य परिस्थितिबाट गुज्रिएको बताए । 
देश बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनेको उनको भनाई छ । 
उनले भने, ‘देश बेरोजगार उत्पादन गर्ने बारखाना भएको छ । अरबियनको लागि नोकर उत्पादन गर्ने कारखाना बनेको छ । ’
त्यस्तै उनले देशमा शान्ति सुरक्षा र सामाजिक सद्भाव बिथोलिदै गएकोप्रति चिन्ता प्रकट गरे । उनले देश अहिलेको अवस्थामा ल्याउनलाई प्रमुख राजनीतिक दलहरु नै मुख्य जिम्मेवार रहेको टिप्पणी गरे । पछिल्लो समय राष्ट्रिय एकता कमजोर बन्दै गएकोप्रति उनले चिन्ता प्रकट गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार