एक सय रुपैयाँले बढ्यो सुनको मूल्य 

सोमबार, भदौ २५, २०८०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला  एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला  एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार